जिङगाङशान शहरका उपप्रमुख हुवामिंगले गरे महालक्ष्मीको भ्रमण

जिङगाङशान शहरका उपप्रमुख हुवामिंगले गरे महालक्ष्मीको भ्रमण

काठमाडौं एक्सप्रेस

काठमाडौं, । चीनको जिङगाङशान नगरपालिकाका उपप्रमुख वांग हुवामिंगले महालक्ष्मी नगरपालिकाको भ्रमण गरेका छन् । महालक्ष्मी नगरपालिका र जिङगाङशान नगरपालिकाबीच भगिनी समबन्ध कायम गर्ने उदेश्यले उहाँले सोमबार सो क्षेत्रको भ्रमण गरेका हुन् ।

उपप्रमुख हुवामिंगले महालक्ष्मी नगरपालिकाको नगरकार्यपलिका को कार्यालय,, सिद्धिपुर सम्पदा क्षेत्र, लुभु सम्पदा क्षेत्र, लाकुरिभंज्यांग पर्यटकीय क्षेत्र को भ्रमण गरे ।

भ्रमणपछि दुई नगरपालिकाबीच लाकुरिभंज्यांग स्थित टेरेस होटेलमा औपचारीक छलफल भएको थियो । छलफलका क्रममा जिङगाङशान नगरपालिकाका उपप्रमुख हुवामिंगले महालक्ष्मी नगरपालिकासँग नेपालमा भागिनि शहरहरुसँग संवाद गर्नु र मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न आउन पाउँदा अत्यन्तै खशि भएको बताए ।

चिन र नेपालका दुई शहरहरुबीच एक प्रमुख कार्यक्रम खुखद हो उनले भने, यहाँ जिङगाङशान नगरपालिका जनसरकारका तर्फबाट म दुई स्थानबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएकोमा हार्दिक ज्ञापन गर्न चहान्छु ।
मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न महालक्ष्मी नगरपालिकासँग कुराकानी भयो उहाँले भन्नुभयो, यो एक लामो प्रतिक्षित नियुत्ती पनि हो ।
विश्वको शिखर सगरमाथाले छुट्याएको एउटा शहरहबाट पूर्ण सञ्चार र वार्तापछि आज अन्ततः भेट भएका छन् । जुन दुई देशको बढ्दो शक्ति र विकासको प्रतीक हो । यो आदान प्रदान र सहयोगको मजबुत गर्नको लागि हाम्रोलागि एक राम्रो शुरुवात पनि हो उनले भने, । यो एक हृदय देखि हृदयको नियुक्ति हो । एउटा पुरानो चीनीयाँ उखान छ कि हजारौँ माइल टाढा भेट्ने भाग्य छ , यो नियती संस्कृति र विश्व सभ्यताको एकिकरणबाट आउँछ ।
महालक्ष्मी नगरपालिका एक प्रसिद्ध सांस्कृतिक पर्यटकीय शहर हो र जिङगाङशान नगरपालिका चीनको पहिलो राष्ट्रिय उत्कृष्ट पर्यटकिय शहरहरु मध्य् एक हो उहाँले भन्नुभयो, जस्ले विश्वको पहिलो पर्वत को प्रतिष्ठाको आनन्द उठाई रहेको छ ।

भागिनी शहरहरुको स्थापना हाम्रो आ–आफ्नो संस्कृतिप्रतिको हाम्रो द्दढता र विश्वासबाट उत्पन्न भएको उनले बताए । यसले निश्चितरुपमा दुई देश र शहरका मानिसहरुको हृदयलाई एकसाथ नजिक ल्याउने उनको विश्वास छ । आशा छ भगिनी शहरुहरुबीचको सम्बन्धले मानिशहरुमा जरा गाढियोस र जीवन शक्ति आदान प्रदानमा निहित होस ।

त्यस्तै महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरीगोविन्द श्रेष्ठले जिङगाङशानसँग भगिनी सम्बन्ध कायम गरि पर्यटकीय, स्वास्थ्य, शिक्षा प्रविधि लगाएत विभिन्न क्षेत्रमा सहास्तित्व सहित सहकार्य गर्न हामी तयार रहेको बताए ।

उनले क्षेत्रफलका हिसाबले महालक्ष्मी नगरपालिका भन्दा जिङगाङशान नगरपालिका करिब ४८ गुणा (१२७६ वर्ग कि मी ठेलो भएपनि दुबै नगरालिकाको जनसंख्या करिब बराबर रहेको जिगीर गरे ।

नगरप्रमुख श्रेष्ठले मंसिर ५ गते नेपाल सरकारका उपप्रधानमन्त्री सहितको उपस्थितिमा हुने कार्यक्रममा हुने सहमति अनुसार नेपाल सरकारको पराराष्ट नीति अनुरुप स्वीकृत लिई कानुनी आधारहरु तयार गरि भागिनी सम्बन्ध कायम गर्न महालक्ष्मी नगरपालिका प्रतिवद्ध रहेको पनि बताए ।

उपप्रमुख लक्ष्मी महर्जनले उपस्थित अथितिहरुलाई स्वागत गर्दै नगरपालिका बाट हुने बिभिन्न गतिबिधिहरुको बारे जानाकारि गराईन् । सो क्रममा उहाँले विशेष गरि कृषि, प्राविधिक शिक्षा, फोहर व्यवस्थापन र स्वरोजगारीका विष्यमा हामी सहकार्य गर्न सक्ने सुझब दिईन् ।
मलाई विश्वास छ हामी दुई पालिकाको भगिनी सम्बन्ध स्थापना पश्चात हामी दुवैले आवश्यक सहकार्य गर्न सक्ने उहाँले भानाई राख्नुयभो । आजको यो छलफल अत्यन्त सकारात्मक हुनेमा म विश्वस्त छु, उनले भनिन्, हाम्रो पालिकाबाट गर्नुपर्ने कुनैपनि कार्यको लागि हामी तयार रहने प्रतिवद्धता जनाउछु ।

उक्त कार्यकर्ममा महालक्ष्मी नगरपालिका र चिन्गकान्गसांग सहर को ब्रित्र चित्रको प्रस्तुति गरियको थियो ।
मंग्सिर ०५ गते , नेपाल सरकारका उपप्रधानमन्त्री नारायणकाजि श्रेष्ठ ज्यु को उपस्थिति मा हुने एक कार्यक्रम मा दुवै नगरपालिका बीच भगिनी सम्बन्ध कायम गर्ने आसयको पत्रमा सम्झौता हुने महालक्ष्मी नगरपालिका का ईन्जिनियर तथा यस कार्यक्रमका सम्पर्क ब्यक्ति मनिष सुबेदी ले जानकारी दिनुभयो ।

Logo