गणतन्त्रको रक्षाका लागि एकताबद्ध हुनुपर्छ’

गणतन्त्रको रक्षाका लागि एकताबद्ध हुनुपर्छ’

काठमाडौं एक्सप्रेस

काठमाडौँ, – नेकपा (एकीकृत समाजवादी) निकट युवासङ्घ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्न एक सय जनाको युवा टोली खटाएको छ ।

भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति टोली जाजरकोटतर्फ आज प्रस्थान गरेको हो । पाँच सय अस्थायी घर बनाउने अभियानअन्तर्गत एक सय युवाले श्रमदान गर्नेछन् ।

पार्टीका शीर्षनेताको सहभागितामा आयोजित बिदाइ कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्पप्रभावितलाई दैनिक जीवनयापनमा कठिन भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसङ्गमा नेता खनालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्नेमा विचार व्यक्त गरे ।

Logo