सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

काठमाडौं एक्सप्रेस

काठमाडौं, । गुल्मीमा सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ।

जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए।

मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएका थिए।

आज दिउँसो साढे १ बजे आमा छोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पु¥याइएको थियो।

अस्पताल ल्याएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो।

Logo