‘चेतनाको स्तर वृद्धि हुँदै गए पनि महिलामाथिको हिंसामा कमी नआउनु दुःखद्’

‘चेतनाको स्तर वृद्धि हुँदै गए पनि महिलामाथिको हिंसामा कमी नआउनु दुःखद्’

काठमाडौं एक्सप्रेस

काठमाडौं- सभामुख देवराज घिमिरेले शिक्षा र चेतनाको स्तर वृद्धि हुँदै गए पनि महिलामाथिको हिंसामा कमी नआउनु दुःखद् विषय भएको बताउनुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै समाजले महिलामाथि हिंसा र विभेद गरिरहनु अबको सभ्य समाजमा स्वीकार गर्नै नसकिने सन्देशमा उल्लेख गर्नुभएको छ ।

“१६ दिने अभियानले लिङ्गको आधारमा हुने सबै प्रकारका हिंसा, असमानता र विभेद अन्त्य गर्दै शोषणरहित समाजको स्थापनामा सहयोग पु¥याई सम्मानपूर्ण जीवनयापन गर्न सहयोग गर्ने विश्वास लिएको छु”, उहाँले भन्नुभएको छ ।

हिंसा समानता, विकास र शान्ति प्राप्त गर्ने मार्गको एक बाधक भएको उल्लेख गर्दै उहाँले हिंसाले पीडित व्यक्तिको मानव अधिकार तथा स्वतन्त्रताको उल्लङ्घन गर्ने बताउनुभएको छ । महिलाविरुद्धको हिंसा परापूर्वकालदेखि नै पुरुषको महिलामाथि आफ्नो श्रेष्ठता सिद्ध गर्ने हतियारको रुपमा प्रयोग हुँदै आइरहेको उहाँको भनाइ छ । सभामुख घिमिरेले लिङ्गमा आधारित महिलाविरुद्धका हिंसाले महिलाको अधिकार उपभोग गर्ने क्षमता तथा स्वतन्त्रतामा आघात पु¥याउँदै आएको महसुस गरेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

“नेपालमा राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, महिलाको राजनीतिक सहभागिताका दृष्टिले नेपाल अग्रपंति आउने गरेको छ । राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको उपस्थिति क्रमशः बलियो हुँदै गएको यथार्थता हामीसामू झर्लङ्ग छ”, सन्देशमा भनिएको छ ।

Logo