महालक्ष्मीको पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना सम्पन्न

महालक्ष्मीको पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना सम्पन्न

काठमाडौं एक्सप्रेस

ललितपुर – महालक्ष्मी नगरपालिकाले पालिका स्तरीय पोषण कार्यक्रमको वार्षिक समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । नगरप्रमुख हरीगोविन्द श्रेष्ठको प्रमुख आथित्तेमा सो कार्याक्रम सम्पन्न भएको हो ।

नगरपालिकाको सभाहलमा दुई दिन सम्म संचालन भएको सो कार्यक्रममा आव २०७९/०८० मा भएका पोषण सम्बन्धी कामको समिक्षा र चालु वर्ष २०८०/०८१ का लागि कार्ययोजना तयार गरिएको स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा बाल्दै नगरप्रमुख श्रेष्ठले नागरिकलाई स्वास्थ्य सेवा प्रभावकारी बनाउन र सधारमुखि काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, नगरबासीलाई स्वास्थ्य सेवामा कुनै खाल्को कमी आउनुहुँदैन । विगतमा जे भयोभयो अब आउनेदिनमा तपाईहरुले स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै लैजानुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नगरपालिका भित्रका १० वर्ट स्वास्थ्य संस्थाका पोषण फोकल पर्सन, नगर शिक्षा प्रमुख चिरञ्जीवी पौडेल, स्वास्थ्य कार्यालय ललितपुरका पोषण फोकल पर्सन अम्बीका पाण्डे र किष्ट मेडिकल कलेजका पोषण फोकल पर्सनसमेतको सहभागिता रहेको थियो ।

त्यस्तै दुई दिने कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक भरत बोहराले गर्नुभएको थियो ।

Logo