एनसेल प्रकरणबारे सभामुखको टिप्पणी– ‘संसद गम्भीर भएको छ’

एनसेल प्रकरणबारे सभामुखको टिप्पणी– ‘संसद गम्भीर भएको छ’

काठमाडौं एक्सप्रेस

काठमाडौं– सभामुख देवराज घिमिरेले एनसेलको शेयर बिक्री प्रकरणबारे संसदको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले संसद अधिवेशन अन्त्य भएका कारण संसदीय समितिहरुले छलफल गरिरहेको जानकारी दिएका छन् ।

उच्चस्तरीय छानबिन समिति माग गर्दै आएका अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरी नेतृत्वको प्रतिनिधि मण्डलसँग सभामुख घिमिरेले लगानी फिर्ता गर्ने घोषणा भएको तीन दिनभित्रै शेयर बिक्री गरेको विषय अध्ययन गर्नुपर्ने खालको रहेको बताए । ‘एनसेल फिर्ता हुने भन्ने समाचार आएपछि मैले तत्कालै भनेको थिएँ– विदेशी लगानीकर्ताहरुले लगानी फिर्ता लैजाने होइन, थप लगानी ल्याएर अरु मुनाफा कमाउन भनेको थिएँ,’ उनले भने, ‘लगानी फिर्ता गर्ने घोषणा भएको तीन दिनभित्रै शेयर बिक्री गरेको विषय अध्ययन गर्नुपर्ने खालको रह्यो । संसदको पनि चासो छ । संसद अधिवेशन अन्त्य भएका कारण संसदीय समितिहरुले छलफल र निर्णयहरु भइसकेका छन् ।’

एनसेलको सिम फ्याल्ने, डढाउने जस्ता अनेरास्ववियुको आन्दोलनप्रति भने सभामुखले संयमता अपनाउन अपिल गरे । ‘एनसेलको सिम फ्याल्ने, डढाउने जस्ता कुराप्रति व्यक्तिगतरुपमा म के भन्न चाहन्छु भने त्यसो गर्दा सम्पत्ति पनि क्षति भइरहेको हुन्छ,’ उनले भने, ‘तपाईंहरुले भौतिक क्षति नहुनेगरी कार्यक्रम गर्दा राम्रो हुन्छ । राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने विषयमा संसद र व्यक्तिगतरुपमा म सचेत छु ।’

आएका अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीले गम्भीर विषयमा प्रधानमन्त्री र सञ्चार मन्त्रीले एनसेलको प्रवक्ता सरह रक्षा गर्नु शंकास्पद रहेको बताए ।

Logo