‘नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई

‘नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई

काठमाडौं एक्सप्रेस

km’6ansf] pkflw ljh]tf v]nf8L vf]6fª, @* k’; M …g]kf{ e’ne’n] cGt/j8f:t/Lo k’?if km’6anÚ k|ltof]lutf cGt/ut bf];|f] ;+:s/0fsf] pkflw ljh]tf lbQm]n ?kfsf]6 dem’jfu9L gu/kflnsf–& bf]kf{lrp/L8fF8fsf v]nf8LnfO{ 6«kmL x:tfGt/0f ug'{x’Fb} k|ltlglw;ef ;b:o Pjd k”j{dGqL /fds’df/ /fO{ …kf;fªÚ . g]kf{ :kf]6{; Sna g]kf{n] cfof]hgf u/]sf] k|ltof]lutfdf cfof]hs g]kf{ …laÚnfO{ !–@ uf]n cGt/n] k/flht ub}{ gub ? nfv %) xhf/ /flzsf] pkflw prfn]sf] xf] . t:jL/ M s]bf/ du/÷/f;;

खोटाङ, – खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी–६ मा शनिबार सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्टस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि हात पारेको हो ।

उपाधिसँगै दोर्पाचिउरीडाँडाले रु एक लाख ५० हजार तथा उपविजेता नेर्पा स्पोर्टस क्लबले रु ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरेका थिए । यस्तै नेर्पा स्पोर्टस क्लबका लागि सुरज राईले गोल गरेका थिए । प्रतियोगितामा सेमिफाइन खेलेका रतन्छा र दोर्पाबुवालुङ टोलीलाई रु २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा दोर्पाचिउरीडाँडाका बिजु भुजेलल सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट प्रशिक्षक दोर्पाचिउरीडाँडाकै दिपेश राई चुनिए । विजेता टोली तथा खेलाडीलाई सांसद रामकुमार राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए । यही पुस २२ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १८ टोली सहभागी भएको आयोजक संस्थाले जनाएको छ ।

Logo