राजधानीमा मनाईयो बाजुराको भुवा पर्व

राजधानीमा मनाईयो बाजुराको भुवा पर्व

काठमाडौं एक्सप्रेस

काठमाडौं, – कोठमाडौंको भृकुटीमण्डममा मानिसहरुको निकै भिड थियो । त्याहाँबाट फर्किने भन्दा त्याहाँ जाने मानिसको सख्या बढि नै थियो । हुनत भृकुटीमण्डममा मानीसको भिड नभएको दिनै हँुदैन । किन की राजधानी कै बिच केन्द्रमा रहेको विषेश क्षेत्र पनि हो । त्याहाँ दैनिक चार पाँच सय मानिसहरुको भिड देखिरहन्छ ।

अजै पुस महिनाको पहारिलो घाँम ताप्नलाई पनि आउँछन् । नजिकै चिया पसल भएर पनि होला चिया पिउदै गफगाफ गर्न गर्छन । कोहिँ–कोहिँ त पायक पर्ने थलो भएरपनि होला भेटघाट गर्ने, चिया पीउने, गफगाफ गर्नै गर्छन ।

अघिपछिको भिड भन्दा आज फरक खालको दृष्ये देखियो त्याहाँ । दमाहा र तालको आवज गुञ्जीरहेको थियो । कोहिँ मानिसहरु हातमा ढाल र तरवार बोकेर नाची रहेका थिए भने कसैले दमाहा बजाईरहेका थिए । हेर्ने दर्शकको पनि निकै भिड नै देखिन्थो । हात हातमा ढाल तराजु बोकेर माहाभरतको युद्ध जस्तै देखिने त्यो देष्ये हेर्ने मानिसहरुको लर्को लागिरहेको थियो ।

माहाभरतको युद्ध जस्तै देखिएपनि त्यो वास्थपमा महाभरतको युद्धलाई स्मरण गरेर मनाईने एक खालको पर्व थियो । त्यो हो भुवा पर्व । भुवा सूदुरपश्चिमका पहाडी र हिमाली जिल्लामा मनाईने पर्व हो । भुवा पर्व औँसीको अघिल्लो रात गाउँका सबै जम्मा भएर जङ्गलबाट मुडा बटुल्याएर आगो बालेर ताप्दै भुवा खेल्ने परम्परा छ । औँसीको विहान राँका बालेर भोस्सो खेल्ने गछर्न । हातमा ढाल र तरवार बोकेर चाली खेल्ने परम्परा छ ।

भुवा पर्व यस वर्ष देशको राजधानी काठमाडौंमा मनाईएको छ । काठमाडौंमा विभिन्न पेसा, व्यवसाय र अध्यायनमा आएकाहर बाजुरावासीहरुले यस वर्ष पहिलो पटक राजधानीमा भुवा पर्व मनाएको एमालेका नेता लालबहादुर ओलीले बताए ।

उनले पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको पनि बताए । यहिँ अवसरमा पहिलोपट काठमाडौंमा पनि बाजुरा बासीहरुले पर्वको सुरुवात गरेको उनको भनाई छ ।

पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा रहेको ओलीको भनाई छ । यो पर्व दसैँपछिको दोस्रो ठूलो चाडको रुपमा मानिन्छ, उनले भने, भुवा पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यो पर्व अहिँले एक खालको संस्कृको रुपमा विकास भएको उनले बताए । अर्को कुरा ओलीले भने, पाण्डावहरुको बसाई नै बडी सूदुरपश्चिमको हिमालि र पाहाडी जिल्लाहरुमा रहेको हुँदा पनि भुवा पर्वलाई विषेश महत्व दिदै आएको उनको भनाई छ ।

भुवा पर्वको परापूर्वक काल देखिनै एक खालको ऐतिहासिक विषय बोकेको बाजुराकै तिलक बहादुर थापाले बताए । उनी लिलितपुर महानगरपालिकाको लेखा अधिकृतमा कार्यरथ हुन् । उनले पाण्डवहरुले मोर्चा कस्नका लागि त्यतिबेला ढाल र तरवारले लडाई गर्ने भएकाले गाउँ गाउँमा युवाहरुलाई एकिकृत बनाई कुरुक्षेत्रको युद्धकोलागि तयारी गरेको भन्ने जनविश्वास रहेको बताए ।

यसलाई अहिले सूदुरपश्चिमा एकखालको संस्कृतिको रुपमा विकास भएको छ, उनले भने, अहिँले सूदुरपश्चिमको प्रत्यक गाउँमा सबै बुढापाखा देखि सबै युवाहरु एक ठाउमा भेला भएर भुवा चालि खेल्ले परमपरा छ ।

भुवा पर्वमा आफ्नो घरमा रहेका ढाल र तरवार विहानै देखि चम्काएर राख्ने, भुवाखाडो भन्ने निश्चित स्थान हुन्छ त्याहाँ मुडा बुटुल्याएर आगो बाल्ने र विहान भस्सो खेल्ने चलन रहेको उनले बताए । यसरी ढाल र तरवार खेलेर भुवा पर्व मनाईदै आएको थापाले बताए ।

काठमाडौंमा यस वर्ष पहिलो पटक भुवा पर्व मनाएका छौ, उनले भने, आर्को वर्ष राजधानीमै भुवा पर्वलाई अझै व्यस्थीत गरेर मनाउँने छौँ । बाजुराका अधिकांस मानिसहरु आएर भुवा चालीमा सहभागिता जनाएको थापाले बताए । यस वर्ष राजधानैमा भव्येरुपमा भुवा पर्व सम्पन्न भएको थापाको भनाई छ ।

राजधानीमा ७७ जिल्ला सात प्रदेशका मानिसहरको बसोबाँस गर्ने थलो पनि हो । यहाँ पहिलोपटक सूदुरपश्चिमको पर्व भुवा मनाउँनु एक खुशिको कुरा हो । तर यहाँ स्थानीय बाजागाजा र स्रोत साधान जुटाउन निकै सकस थियो । तैपनि यस वर्ष यी सबै समस्यका बाबजुतमा पनि राजधानीमा भुवा पर्व मनाउनु कत्तिको चुनौति भयो त ?

यस्तो भन्छन् गायक तथा सर्जक विनोद बाजुरेली, परम्परागत संस्कृतीकलाई बचाउने हाम्रो दायीत्व हो । सस्कृति बचाउनु हाम्रो ठुलो जिम्मेवारी पनि हो । हाम्रो परम्परा गत मान्दै आएको पर्वलाई संरक्षण गर्ने उदश्येले काठमाडौंमै भुवा पर्वको सुरुवात गरेको बाजुरेलीले बताउँछन् । हामीले यहिँ पर्वमा चाहिने ढाल र तरबार महेन्द्रनगरबाट झिकाएका थियौँ, उनले भने दमाह र ताल मालश्री रेकडिङ स्टुडियोमा थियो त्यसैलाई प्रयोग गरेका छौँ ।

पछिल्ला पुस्तामा हाम्रो परम्मरागत मनाउँदै आएका लोक सास्कृतिकहरु लोप हुने आवस्थामा छन, उनले भने, यसको संरक्षण गर्नुपर्छ भनेरै हामीले यस वर्षबाट राजधानीमै भुवा पर्व मनाउन सुरुवात गरेका हौ । भुवा यो वर्ष खासै व्यवस्थित गर्न सकेनौ, बाजुरालीले भने, पहिलोपटक भएरपनि होला आर्को वर्ष थप व्यवस्थित गरेर मनाउने छौँ ।

नव युवाहरु आफ्नो परम्पारलाई विर्सेर विदेशी कल्चरमा रमाउँदै गर्दा आफुलाई दुख लागेको उनले बताए । यस्तै तालले हाम्रो परम्परागत सास्कृतिक हराउदै जाने डर पनि छ, उनले चिन्ता व्यक्त गर्दै भने, पुरोना पुस्ताहरुले युवाहरुलाई आफ्नो सास्कृतिक हस्तान्तण गर्नसक्नुपर्छ ।

पुराना पुस्ताहरुले अहिलेका पुस्ताहरुलाई पराम्परा संस्कृतिकलाइ हस्तान्तण नगर्नाले पनि युवाहरुले त्यो प्रति चासो नदेखाएको हुनसक्ने उनको भनाई छ । परम्परागत मनाउँदै आएका सस्कृतिकलाई नयाँ पुस्तालाई हस्तान्तण भयो भने विस्तारै परिवर्तन हुँदै जाने उनको विश्वास छ ।

Logo