विश्व साइकल यात्री सौरव दाहाललाई पितृ शोक

विश्व साइकल यात्री सौरव दाहाललाई पितृ शोक

काठमाडौं एक्सप्रेस

न्यूयोर्क- विश्व साइकल यात्री सौरव दाहाललाई पितृ शोक परेको छ ।

दाहाल पिता मीनप्रसाद दाहालको १० जनवरी, २०२४ (२५ पुस बुधबार, २०८०) मा ८६ वर्षको उमेरमा निधन भएको हो ।

पेटसम्बन्धी रोगबाट पीडित दाहालको भद्रपुर नगरपालिका-७ विकासनगरस्थित निजी निवासमा निधन भएको परिवारजनले जनाएको छ ।

स्वर्गीय दाहालका चार छोरा र चार छोरी छन् ।

सौरव, उनकी पत्नी अञ्जु सापकोटा र दिदी अञ्जु दाहाल (घिमिरे) ले अमेरिकामा नै पितृ संस्कार गरिरहेका छन् ।

दाहालको निधनमा विभिन्न संघ संस्थाले शोक व्यक्त गरेका छन् ।

Logo