जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं एक्सप्रेस

बुटवल, – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा भूमिकास्थान–२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो ।

जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् ।

घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पु¥याइएको छ ।

Logo