सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध

सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध

काठमाडौं एक्सप्रेस

cfly{s ;xof]u ln:ag kf]r{‘un, !) kmfu’g M pkrf/ cefjdf kf]r{‘undf larNnLdf k/]sL l;Gw’nL, dl/0f–# sL @( jifL{of ;’l:dtf df]QmfgnfO{ :jL6h/Nof08af6 cfly{s ;xof]u k|bfg . u}/ cfjf;L g]kfnL ;ª3 :jL6h/Nof08sL ;lrj ;’lgtf tfdfª Anf]gsf] kxn tyf ;lqmotfdf cfly{s ;ªsng u/L @ xhf/ @$^ o’/f] cyf{t em08} tLg nfv aL; xhf/ ?k}ofF kLl8t df]QmfgnfO{ ;xof]u k|bfg ul/Psf] xf] . t:aL/ M e/t k|wfg÷ /f;;

पोर्चुगल, – उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ । पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो ।

गैरआवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको पहल तथा सक्रियतामा दुई हजार दुई सय ४६ युरो आर्थिक सङ्कलन गरी पीडित मोक्तानलाई सहयोग प्रदान गरिएको हो । स्वीट्जरल्याण्डका नेपाली समुदायसँग सङ्कलन गरिएको उक्त सहयोग रकम मोक्तानको बैंक खातामा पठाइएको तामाङले जानकारी दिए ।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी पीडित मोक्तान गत जनवरी १० तारिखका दिन सडक दुर्घटनामा परेकी थिइन् । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात भाँचिएको छ भने ‘हिप फ्याक्चर’ भई देब्रे खुट्टा नचल्ने भएको छ ।

यसअघि उपचार अभावमा मोक्तान बिचल्लीमा परेको समाचार राष्ट्रिय समाचार समितिमार्फत सम्प्रेषण भएको थियो । पीडित मोक्तानको औषधोपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।

Logo