संसद बैठक आज बस्दै, दलसम्बन्धी विधेयक दोस्रो संशोधन विधेयक प्रस्तुत हुने

संसद बैठक आज बस्दै, दलसम्बन्धी विधेयक दोस्रो संशोधन विधेयक प्रस्तुत हुने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यसपछि, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी –दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको पनि संसद सचिवालयले जनाएको छ।

Logo