नारायणगढ–मुग्लिन सडकखण्ड निरन्तर सञ्चालन हुने

नारायणगढ–मुग्लिन सडकखण्ड निरन्तर सञ्चालन हुने

काठमाडौं एक्सप्रेस

भरतपुर,७ पुस : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न चट्टान फोर्ने काम गरिँदै । शनिबार देखि दैनिक चार घण्टा सवारी आवागमन बन्द गरेर चट्टान फोर्ने काम सुरु भएको छ । तस्बिर : कृष्

काठमाडौं, – आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड निरन्तर सञ्चालन हुने भएको छ। दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्ता काट्दै आएको उक्त सडकखण्डमा आजदेखि सडक बन्द नहुने भएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले माग गरेको समय सकिएकाले आजदेदि सडक नरोकेरै काम गरिने बताए।

अनक कन्स्ट्रक्सनले तेस्रो पटक म्याद मागेको थियो। थप गरेको म्याद शनिवार अर्थात् फागुन १२ गते सकिएको छ। पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने उनले बताए।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम थियो।

उक्त सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो। वि.सं. २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो।

Logo