बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं एक्सप्रेस

काठमाडौं, – थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई जिल्ला अदालत काठमाडौँले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

अदालतले आरोपी २४ वर्षीया मनकुमारी सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीले मनकुमारी विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ।

फागुन ११ मा सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी थिइन्।

Logo