कानून मन्त्री गिरीको पदभार, कस्तो छ पहिलो निर्णय ?

कानून मन्त्री गिरीको पदभार, कस्तो छ पहिलो निर्णय ?

काठमाडौं एक्सप्रेस

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन् ।

मन्त्री गिरीले बुधबार साँझ सिंहदरवारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका सचिव उदयराज सापकोटालगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।

नवनियुक्त मन्त्री गिरीले पदभार सम्हालेलगत्तै एकीकृत कानून सहायता सम्बन्धी नयाँ विधेयक तर्जुमा सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक रहिसकेका गिरी दोस्रो कार्यकालका लागि पर्वतबाट निर्वाचित भएका थिए । उनी पुष्पकमल दाहाल सरकारमै एक वर्ष अघि करिव डेढ महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए ।

Logo