उपत्यकामा आज मध्यान्हपछि वर्षा हुने

उपत्यकामा आज मध्यान्हपछि वर्षा हुने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – काठमाडौँ उपत्यकामा आज मध्यान्हपछि वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो १/२ बजेपछि पानी पर्ने सम्भावना रहेको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली तथा बिहार राज्यको आसपासको न्यून चापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुनेछ।

उनले अहिले पनि कोशी र मधेश प्रदेशका एकदुई स्थानहरूमा वर्षा भइरहेको बताए। कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको बताए।

मौसमविद् पुडासैनीका अनुसार हाल देखिएको मौसमी प्रणालीले माथिल्लो र तल्लो दुबै वायुमण्डलमा प्रभाव पारेको हुँदा शनिवारसम्मै पानी पर्ने र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुनेछ।

आजभन्दा भोलि कम पानी परेपनि शनिवार भने शुक्रवारको तुलनामा पानी पर्ने मात्रा बढी हुन सक्ने उनको भनाइ छ।

विशेषगरी चितवनदेखि पूर्वी तराईमा पानी पर्ने क्रम बढी रहेकाले आवश्यक सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन्।

Logo