सोमबारसम्म चट्याङ्गसहित वर्षा हुने

सोमबारसम्म चट्याङ्गसहित वर्षा हुने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – देशभर आज पनि आंशिक बदली भएको छ । पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा मौसम सक्रिय देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरु र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने वर्षाको सम्भावना न्यून रहेको छ ।

Logo