आयरल्यान्ड वुल्भ्ससँग दोस्रो खेल खेल्दै नेपाल

आयरल्यान्ड वुल्भ्ससँग दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपालले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड वुल्भ्ससँग दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा सानदार जित हात पारेको नेपालले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ।

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको खेल दिउँसो १ बजे त्रिवी किक्रेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले सोमवारको खेलमा आयरल्यान्ड वुल्भ्सलमाथि ६ विकेटको जित हात पारेको थियो।

यो खेल सकिए पछि नेपाल ‘ए’ ले विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड वुल्भ्ससँगै ३ टी ट्वान्टी र ३ एकदिवसीय खेल खेल्ने छ। नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको खेल २८ मार्चबाट सुरु हुनेछ।

Logo