सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, तोलामा १ लाख ३५ हजार ६०० पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, तोलामा १ लाख ३५ हजार ६०० पुग्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको हो। महासंघका अनुसार सोमबार २ हजार ९०० रुपैयाँले बढेको छ।

यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै,तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ। गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३२ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ।

यस्तै, सोमबारचाँदीको मूल्य तोलामा १६ सय ७० रुपैयाँ कायम भएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। गत साताको शुक्रबार चाँदीको कारोबार मूल्य १६ सय १५ रुपैयाँ थियो। सोमबारचाँदीको मूल्यमा प्रतितोला ५५ रुपैयाँले बढेको छ।

Logo