यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमण स्वीकृत गर्नाका साथै चीन सरकारले अनुदानस्वरुप प्रदान गर्ने २० लाख अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले अन्तरराष्ट्रिय मुद्रा कोषले प्रदान गर्ने १० करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने तथा सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले बताए ।

यसैगरी, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना ९२०२६–२०३००, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ तथा राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

Logo