हेलिकप्टर जान नसक्दा डढेलोमा घाइते भएका बालकहरूको उपचारमा समस्य

हेलिकप्टर जान नसक्दा डढेलोमा घाइते भएका बालकहरूको उपचारमा समस्य

काठमाडौं एक्सप्रेस

काठमाडौं, – काठमाडौँबाट हेलिकप्टर जान नसक्दा डोल्पाको डढेलोमा घाइते भएका तीन जना बालकहरूको उपचार हुन सकेको छैन।

जिल्ला अस्पतालले ती बालकहरूलाई उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेपनि मौसमका कारण काठमाडौँबाट हेलिकप्टर जान सकेको छैन। डोल्पाका प्रहरी प्रमुख डिएसपी हरिकृष्ण केसीले ती बालकहरूको अवस्था गम्भीर भएको जानकारी दिए।

उनले भने, ’घाइते भएका बालकहरूलाई जिल्ला अस्पतालमा राखिएको छ। काठमाडौं पठाउनका लागि हेलिकप्टर भनेका थियौँ। अहिले मौसमका कारण हेलिकप्टर आउन सकेन भन्ने छ। भोलिसम्म पठाउँछौँ होला। उनीहरूको अवस्था भने गम्भीर नै छ।’

घाइते हुनेहरूमा त्रिपुरासुन्दरी नगरपालिका–४ का वर्ष १२ का विवश बुढा, वर्ष १३ का समत बुढा र वर्ष १० को सुरज बुढा रहेका केसीले बताए। उनीहरु त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा च्याउ टिप्न गएका थिए।

यसअघि सोमबार दुनैमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका तीन जना सैनिक जवानको उपचारका क्रममा निधन भएको थियो।

Logo