सुनको मूल्य बढेर एक लाख ३९ हजार २०० रुपैयाँ पुग्यो 

सुनको मूल्य बढेर एक लाख ३९ हजार २०० रुपैयाँ पुग्यो 

काठमाडौं एक्सप्रेस

काठमाडौ, – स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भैइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेर कारोबार भइरहेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि एक लाख ३९ हजार रुपैयाँमा छापावाल सुन कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको छ। सोमबारको तुलनामा चाँदी ३५ रुपैयाँ बढेर कारोबार भएको हो । सोमबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा करोबार भएको थियो।

Logo