काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना

काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना

काठमाडौं एक्सप्रेस

काठमाडौं, – काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। । बा ५ ख ७२४ नम्बरको माइक्रोबस शनिबार बिहान २ बजे धनकुटा नगरपलिका–२ रूद्रबारी भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर अनीलकुमार साहका अनुसार तीव्र गतिका कारण अनियन्त्रित भएपछि माइक्रोबस घुम्ति सडकबाट अन्दाजी ७५ मिटर तल खसेको हो ।

दुर्घटनामा परी चालक र एक बालकसहित २१ जना घाइते भएको उनले बताए ।बिहान सवा २ बजे दुर्घटनास्थल पुगेको प्रहरीले बिहान साढे ४ बजेसम्म घाइतेहरूको उद्धार गरी अस्पताल पु-याइएको थियो ।

सामान्य घाइते भएका तीन जनालाई जिल्ला अस्पताल पु¥याइएकोमा तीनै जना डिस्चार्ज भइसकेको इन्स्पेक्टर साहले जानकारी दिए। बाँकी घाइतेहरूलाई भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दुर्घटना भएको माइक्रोबस भीरमै छ । क्रेन ल्याउनेबारे समन्वय भइरहेको इन्स्पेक्टर साहले बताए ।

दुर्घटनामा घाइते भएका चालक हरिशरण आलेमगर डिस्चार्ज भइसकेको र उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको इन्स्पेक्टर साहले बताए ।

Logo