सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७१ हजार ७००  र चाँदीको मूल्य रु तीन हजार ७०० कायम छ । 
 
गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ८५५ थियो ।

Logo