इलाम २ मा कांग्रेसको अग्रता रोक्दै एमालेका सुहाङ अगाडि

इलाम २ मा कांग्रेसको अग्रता रोक्दै एमालेका सुहाङ अगाडि

काठमाडौं एक्सप्रेस

काठमाडौं, – इलाम २ को मतगणना जारी रहँदा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

१,२ र ३ नम्बरमा कांग्रेसका डम्बरले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका हुन् । वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

वडा नम्बर ४ को गणना सकिदा सुहाङले तीन वटा वडाको २८ मत तिरेर ३४५ ले अग्रता लिएका हुन् ।

Logo