भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह

भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह

काठमाडौं एक्सप्रेस

सभामुख अर्याल –सञ्चालन काठमाडौ, १० भदौः सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नुहुँदै सभामुख डोल प्रसाद अर्याल । तस्बिर गोपाल दाहाल÷रासस

काठमाडौँ, । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशीमा आज बिहान गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र पीडित तथा विस्थापितलाई राहतका लागि आवश्यक समन्वय गर्न सरकारको ध्यानाकर्षण गराएका ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले विपद्का बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुल्याउन निर्देशन दिए । उनले विपद् व्यवस्थापनमा आवश्यक सहयोग र समन्वयका लागि निजी क्षेत्र, गैरसरकारी निकाय तथा नागरिक समाजलाई समेत आह्वान गरे । विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै सभामुखले आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ११ गते बिहीबार दिनको १ः०० बजे बस्नेछ ।

Logo