समयमा भिसा नआउँदा नेपालमै रोकिए नेपाली फुटबल टिम

समयमा भिसा नआउँदा नेपालमै रोकिए नेपाली फुटबल टिम

काठमाडौं एक्सप्रेस

काठमाडौं, – अभ्यास खेलका लागि इङल्याण्ड जान लागेका नेपाली फुटबल टिमका सदस्य समयमा भिसा नआउँदा नेपालमै रोकिएका छन् ।

नेपाली खेलाडीहरु मंगलबार बिहान साढे ९ बजे, दिउँसो १ बजे र साँझ ७ बजे फरक फर्क फ्लाइटमा बेलायत जाने तयारीमा थिए । तर भिसा नआएका कारण खेलाडी, प्रशिक्षक र अफिसियलहरु यही रोकिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

नेपाली खेलाडीसहित ३५ जनाको टोलीको भिसा भारतस्थित बेलायती दूतावासले जारी गर्ने गर्छ । भारतबाट उनीहरुको भिसा आउन ढिलाइ भएका कारण पूर्वनिर्धारित फ्लाइटमा जान नपाएका हुन् ।

अब मंगलबार नै राति २ बजे खेलाडीहरुलाई बेलायत पठाउने गरी तयारी गरिरहेको प्रवक्ता शाहले बताए । नेपालले इंगल्याण्डको सी टिमसँग अभ्यास खेल खेल्न त्यसतर्फ जान लागेको हो ।

Logo