स्वदेश फर्किनासाथ यादवले बोलाए संसदीय दलको बैठक

स्वदेश फर्किनासाथ यादवले बोलाए संसदीय दलको बैठक

काठमाडौं एक्सप्रेस

काठमाडौं, – भ्रमण छोट्याएर स्वदेश फर्किएका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संसदीय दलको बैठक बोलाएका छन् ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिन न्युयोर्क गएका थिए ।

यादव विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि यादव भ्रमण छोट्याएर गएराति स्वदेश फर्किएका हुन् ।

पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई बैठकमा बोलाइएको छ । केहीबेरपछि बस्ने बैठकमा पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषय साथै भावी रणनीतिबारे निर्णय लिइने उनले बताए ।

अशोक राईले प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरमा नयाँ पार्टी जसपा दर्ता गरिसकेका छन् । अब उपेन्द्रसँग प्रतिनिधिसभामा ५ जनामात्रै सांसद छन् ।

Logo