कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं एक्सप्रेस

विराटनगर, । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिँदै छन् ।

उनले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए । उनका अनुसार नेपालको संविधानबमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० बीच भएको पछिल्लो सहमतिअनुसार मौजुदा मन्त्रिपरिषद्मा नयाँ नियुक्त, हेरफेर र कार्यविभाजन गरिएको छ । यसअघि उनको नेतृत्वमा २०८१ वैशाख २७ गते कोशी प्रदेश मन्त्रिपरिषद् गठन भएको थियो ।
हाल सभामा नेकपा ९एमाले०का ४० र नेकपाको १७ सांसद छन् ।

Logo