कोशीको नयाँ सरकार गठनप्रति राजेन्द्र राईको असन्तुष्टि

कोशीको नयाँ सरकार गठनप्रति राजेन्द्र राईको असन्तुष्टि

काठमाडौं एक्सप्रेस

विराटनगर, – नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले नयाँ सरकार गठनको प्रक्रियामा रुष्ट भएका छन् । उनले संघीय गठबन्धनमा आफ्नो पार्टी भए पनि कोशीमा भने नयाँ सरकार गठनको प्रक्रियामा आफूलाई सामेल नगराइएको बताए ।

संघीय गठबन्धनमा एकीकृत समाजवादी सामेल भए पनि उनले एमाले र माओवादीले सरकार गठनको प्रक्रियाको बारेमा कोशीमा आफूसँग सरसल्लाह र छलफल नगरेको बताए ।

पूर्वमुख्यमन्त्री राईले २ वटा पार्टीले बहुमत पुगिहाल्छ नि भने जसरी नयाँ सरकार गठनको प्रक्रिया थालेकाले आफू र आफ्नो पार्टी सरकार गठनको प्रक्रियामा सहभागी हुन नसकेको बताए ।

उनले भने, ‘यहाँ बहुमत पुगिहाल्यो ? किन सहभागी गराउनु भने जसरी काम गर्नुभयो हामी पनि दुई थान मन्त्रीका लागि नयाँ सरकार गठनको प्रक्रियामा सहभागी हुन गएनौ ।’ उनले आफू र आफ्नो पार्टी कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाको विषयमा समेत असहमत रहेको बताए ।

उनले भने, ‘मध्यरातमा किन सरकार गठनको आव्हान गर्नु पर्यो ? उज्यालोमा गर्दा पनि हुने थियो ।’ उनले कोशी प्रदेश प्रमुख केन्द्रीय सत्ता गठबन्धनको छाया भएर काम गरेको भन्दै असन्तुष्टि जनाए ।

Logo