कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वानको सिफारिस

कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वानको सिफारिस

काठमाडौं एक्सप्रेस

काठमाडौं, – कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ।

बिहीवार राति बसेको कोशी प्रदेश मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ ग्रहण पछि मन्त्रीपरिषद्को बैठक राखेका थिए। उक्त बैठकले मन्त्री रानालाई सरकारको प्रवक्ता तोकेको छ भने वरिस्ठ अधिवक्ता चुँडामणि आचार्यको संयोजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने निर्णय गरेको छ।

Logo