मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा (एकीकृत समाजवादी)का सांसदहरुले पनि विश्वासको मत दिने भएका छन् ।

मुख्यमन्त्रीमा कार्कीले आज विश्वासको मत लिदैछन् । एमाले र माओवादीका प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई एकीकृत समाजवादी र जसपाले समेत मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएका छन् ।

कोशी प्रदेश नयाँ सरकार गठनको प्रक्रियामा सामेल नगराइएको भन्दै असन्तुष्ट रहेका एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी दिए ।

उनले आफू काठमाडौंमा रहेकाले सभामा उपस्थित हुन नसके पनि दलको तर्फबाट विश्वासको मत दिने बताए । उनले भने आफू नआए पनि बहुमत पुग्ने भएकाले कामका कारण विश्वासको मत दिन आफू भने अनुपस्थित रहने बताए । उनले भने, ‘हामीले विश्वासको मत दिने निर्णय गरेका र्छौ अरू माननीयहरूले दिनु हुन्छ ।’

यस्तै, जसपा नेपाले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताएका छ । प्रदेश सभा सदस्यमा एक सिट रहेको जनता समाजवादी नेपालकी निर्मला लिम्बुले आफू पार्टीको बफादार सिपाही भएकाले पार्टीको निर्देशन अनुसार विश्वासको मत दिने बताइन् ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की वैशाख २७ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभामा एमालेका उप सभामुख सहित ४०, काँग्रेसका २९, माओवादीका १३, सभामुख सहित राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् ।

कोशी प्रदेशमा बहुमत पुर्याउन ४७ प्रदेश सभा सदस्यको आवश्यकता पर्दछ ।

Logo