चन्द्रागिरि डाँडोले नियालिरहेको काठमाडौं उपत्यका (तस्विरहरु )

चन्द्रागिरि डाँडोले नियालिरहेको काठमाडौं उपत्यका (तस्विरहरु )

काठमाडौं एक्सप्रेस

काठमाडौं, – धार्मिक र ऐतिहासिक दुई कुरा जोडिएको काठमाडौंको चन्द्रागिरि डाँडो अहिले पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढेको छ । जोडिएको आधुनिक केबलकारले भने चन्द्रागिरि डाँडोलाई पर्यटकीय गन्तव्यका रूपमा चर्चामा ल्याएको छ।

दैनिक हजारौं मानिस आधुनिक केबलकारमा चढेर समुद्र सतहबाट २,५५१ मिटर अग्लो चन्द्रागिरि पुगिरहेका छन् ।

थानकोट, चित्लाङ र मार्खु आसपासका बासिन्दा उहिल्यैदेखि हिन्दू धार्मिक मान्यता अनुसार भालेश्वर महादेवको पूजा गर्न चन्द्रागिरि जाने गरेका छन् ।

चन्द्रागिरिबाट काठमाडौं उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको अर्को ऐतिहासिक सन्दर्भ छ । काठमाडौं उपत्यकामा चढाइँ गर्नुअघि उनले भालेश्वर मन्दिरमा पूजापाठ गरेको भनाइ छ ।

चन्द्रागिरि हिल्स लि.का एक कर्मचारीका अनुसार अनुसार अहिले दैनिक तीन हजार आन्तरिक तथा बाह्य पर्यटक चन्द्रागिरि पुग्न थालेका छन् । आज सार्वजनिक विदा भएकोले चन्द्रागिरि जानेको अरुदिन भन्दा संख्या दोब्बर रहेको उनले बताए ।

Logo