किसानलाई दूधको भुक्तानी तत्काल दिन एमालेको माग

किसानलाई दूधको भुक्तानी तत्काल दिन एमालेको माग

काठमाडौं एक्सप्रेस

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्काल दिन माग गरेका छन् । किसानका समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उनको भनाई छ , ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले किसानले दूधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिए । धर्नामा बसेका ४५ किसानलाई पक्राउ गर्नु दुःखद भएको उनको भनाइ थियो ।

“किसानको माग न्यायोचित छ, ६ लाख किसानले करिब रु ६ अर्ब भुक्तानी पाउन बाँकी छ”, प्रमुख सचेतक बर्तौलाले भने,“किसानले बैङ्कबाट ऋण लिएका छन्, तिर्ने अवस्था छैन ।” उनले किसानको समस्याको विषयमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै दूधको भुक्तानीको बक्यौता अविलम्ब उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

Logo