सुनको मूल्य आज दुई हजार ८०० रुपैयाँले बढ्यो

सुनको मूल्य आज दुई हजार ८०० रुपैयाँले बढ्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । लगातार केहिदिन घटेको सुन चाँदीको मूल्य आज बुधबार फेरी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेर दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ।

हिजो मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला चार हजार ३९५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार ४२५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

Logo