‘जनयुद्धमै जीवन सरल थियो मेरो : प्रधानमन्त्री

‘जनयुद्धमै जीवन सरल थियो मेरो : प्रधानमन्त्री

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए ।

राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तरराद्र्धतिर लागे पनि रात दिन सक्रिय भएको बताए । ‘७० तिरबाट अगाडि लाग्नु भनेको त उत्तराद्र्धै हो । तर तपाईंहरुले देख्नु भएको छ म रात दिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बरु जनयुद्धमा त जीवन सरल थियो मेरो ।’

अहिलेका नेताहरुमध्ये पारिवारिक रुपमा सबैभन्दा अप्ठ्यारो परिस्थिति पनि आफूले नै झेलेको भन्दै उनले सक्रियता नछोडेको बताए । उनले वुद्धिजीवीहरुलाई प्रश्न गरे, ‘म आफूलाई अन्तिम समयसम्म सक्रिय राख्ने कोसिस गरेको छु भने तपाईंहरुले किन सक्नुहुन्न ?’

जनयुद्ध, जनआन्दोलनका उपलब्धि रक्षा गर्दै देशलाई समाजवादको बाटोमा डो¥याउन आफू सक्रिय रहेको प्रचण्डले बताए । त्यसका लागि कांग्रेस, एमाले सहितका दललाई मिलाउन संयोजनकारी भूमिका खेलेको उनको भनाइ छ ।

उनले गुटउपगुटमा नलाग्न संगठनका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने, ‘कुनै खालको गुट बनाउने होइन । गुटले तल–तल झार्छ । पार्टी बनाउनतिर लाग्दा मान्छेको सम्मान बढ्दै जान्छ ।’

Logo