रोहित, दीपेन्द्रसिंह र सन्दीप ग्लोबल टी–२० लिग खेल्ने

रोहित, दीपेन्द्रसिंह र सन्दीप ग्लोबल टी–२० लिग खेल्ने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्ने भएका छन् । रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी–२० लिग खेल्ने पक्का भएको हो ।

सन्दीप र दीपेन्द्रले टीम भ्यानकुभर नाइट्समा आवद्ध भएका छन् भने रोहित टोरन्टो नेसनलमा आवद्ध हुन् ।

सन्दीप र दीपेन्द्र यसअघि नै ग्लोबल टी–२० लिग खेलिसकेका छन् । रोहित भने पहिलो पटक उक्त लिग खेल्न लागेका हुन् ।

सन्दीप लामिछाने ४० लाख र दीपेन्द्र सिंह ऐरी २४ लाखमा भ्यानकुभर नाइट्सले लिएका छन् भने रोहित पौडेललाई टोरन्टो नेशनलले १६ लाखमा ग्लोबल टी–२० लिगमा लिएको छ । सोमपाल कामी भने अनसोल्ड भएका छन् ।

Logo