सिद्धबाबा सुरुङ मार्गको कामले लियो तिव्रता, तीन महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्ने तयारी

सिद्धबाबा सुरुङ मार्गको कामले लियो तिव्रता, तीन महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्ने तयारी

काठमाडौं एक्सप्रेस

पाल्पा– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर खन्न थालेपछि कामले तिव्रता पाएको छ ।

बिष्फोटक पदार्थसहित काम थालिएपछि करिव एक हजार मिटर सुरुङ मार्ग आगामी तीन महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको छ । हाल चौबिसै घण्टा खन्ने काम जारी रहेको हुँदा कुनै समस्या नआए अबको तीन महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्न सकिने आयोजनाले जनाएको छ ।

सुरुङ मार्गको मुख्य टनेल खन्न मेसिनबाट मात्र काम गर्दा निर्माणमा ढिलाइ भएपछि हाल विस्फोटक पदार्थ मार्फत सुरुङ खन्ने काम जारी रहेको छ ।

मेसिन मार्फत निर्माणको काम थालेको दुई वर्ष बित्दा प्रगति १२ प्रतिशत मात्रै रहेकोमा पछिल्लो समय विस्फोटक पदार्थ प्रयोग गरेर काम थालेपछि दैनिक ८ देखि ९ मिटरका दरले सुरुङ खन्ने काम भएको आयोजनाले जानकारी दिएको छ ।

अहिले सुरुङको समग्र प्रगति २६ प्रतिशत भइ सकेको छ । सुरुका कुल १ हजार १ सय २६ मिटर लामो सुरुङ खन्नका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौतागरी काम अघि बढाइएको हो ।

Logo