उज्यालो नहुँदै बाढी प्रभावित क्षेत्रमा पुगे मेयर श्रेष्ठ

उज्यालो नहुँदै बाढी प्रभावित क्षेत्रमा पुगे मेयर श्रेष्ठ

काठमाडौं एक्सप्रेस

काठमाडौं- महाल,क्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ उज्यालो नहुँदै शनिबार बिहान बाढी प्रभावित क्षेत्र पुगेका छन् ।

शुक्रबारदेखिको अविरल वर्षाले कर्मनाशा खोलामा आएको बाढीले रिटेनिङ वाल भत्किएपछि स्थलगत अवलोकनका लागि मेयर श्रेष्ठ प्रभावित क्षेत्र पुगेका थिए । उनीसहित वडाध्यक्षहरू छिरिङ लामा र अमृत खत्री पनि प्रभावित क्षेत्रमा पुगेका थिए ।

मेयर श्रेष्ठसँगै इमाडोल प्रहरी प्रमुख उदय शम्सेर राणा, नगर प्रहरी, टोल सुधार समिति र विभिन्न संघ संस्थाका पदाधिकारी कर्मनाशा क्षेत्रमा पुगेका थिए ।

मेयर श्रेष्ठले बाढीबाट थप प्रभावित हुन नदिन सबै उपाय लगाइने बताए । उनले बाढी तथा डुबान नियन्त्रणमा नगरबासीलाई साथ दिन सुरक्षा निकाय तथा नगर प्रहरीलाई निर्देशन दिए ।

नगर क्षेत्रका कर्मनाशा, गोदावारी, मनोहरा खोला, ढुंग्रे खोला जुनसुकैबेला नियन्त्रण बाहिर जान सक्ने भन्दै जनप्रतिनिधि, नगर कर्मचारी तथा स्थानीयबासीलाई चनाखो हुन मेयर श्रेष्ठले अपिल गरेका छन् ।

उपमेयरसहितको टोली राहत वितरणमा

यसैबीच मेयर श्रेष्ठ, उपमेयर लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल सहितको टोली राहत वितरणमा निस्किएको छ ।

वर्षाले निरन्तर क्षति हुन थालेपछि प्रहरीलाई लाइफ ज्याकेट वितरण गरिएको उपमेयरको सचिवालयले जनाएको छ ।

Logo