महालक्ष्मीलाई पूर्ण खोप सुनिश्चितता घोषणा

महालक्ष्मीलाई पूर्ण खोप सुनिश्चितता घोषणा

काठमाडौं एक्सप्रेस

ललितपुर, – ललितपुरको महालक्ष्मी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भुवन पौडेलले बुधबार नगरप्रमुख हरिगोविन्द श्रेष्ठलाई नगरपालिका घोषणाको प्रमाण हस्तान्तरण गर्दै पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधान रहेको छ । यस वर्ष महालक्ष्मीका दशवटै वडाका १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले जानकारी दिए ।

महालक्ष्मी स्वास्थ्य शाखाले वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उनले बताए ।

पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकाङ्क पूरा गर्नुपर्ने हुन्छ । पालिकाका सबै वडामा एक सय प्रतिशत सूचकाङ्क पूरा गरेको स्वास्थ्य उनले बताए ।

स्वास्थ्य शाखा प्रमुख ज्ञवालीका अनुसार दशवटै वडाका सबै घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिनामुनिका बालबालिका सात सय ४८ जना र १६ महिनादेखि पाँच वर्षमुनिका पाँच सय तीन जना गरि जम्मा १३ सय ९५ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गरिएको छ ।

गत वैशाख २० गते पूर्वखोला गाउँपालिका, २७ गते रिब्दीकोट गाउँपालिका, ३१ गते माथागढी गाउँपालिका, जेठ १ गते रैनादेवीछहरा गाउँपालिका, २ गते तिनाउ गाउँपालिका, ४ गते रम्भा गाउँपालिका, ७ गते निस्दी गाउँपालिका, १४ गते बगनासकाली गाउँपालिका, २४ गते तानसेन नगरपालिका र ३० गते रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चिता घोषणा गरिएको हो ।

गत वर्ष २०८० चैत्र २० गते महालक्ष्मीका वडा पूर्णखोप सुनिश्चिता घोषणा गरिएको थियो । २०८० चैत्र ३० गते वडा नं. एक, ईमाडोल हेल्थ पोष्ट, २०८१ बैशाख २८ गते दुई नं वडा, जेष्ठ ४ मा तीन नं. वडा, ९ गते चार नं वडा, २० गते पाँच नं वडा, ४ गते वडा नं छ, बैशाख १६ गते सात नं वडा, २५ गते आठ नं. वडा, २५ गते नौ नं वडा र २०८० चैत २८ गते १० नं वडालाई नगरपालिकाले पूर्णखोप सुनिश्चिता घोषणा गरिएको थियो ।

महालक्ष्मीलाई पहिलोपटक २०८० असार १० गते पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो । गत वर्षदेखि महालक्ष्मी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाको निरन्तरता दिइएको छ ।

Logo