आज अर्थ समितिको बैठक बस्दै, अर्थ मन्त्री पौडेलसँग छलफल

आज अर्थ समितिको बैठक बस्दै, अर्थ मन्त्री पौडेलसँग छलफल

काठमाडौं एक्सप्रेस

काठमाडौं, – आज सङ्घीय संसद् अन्तर्गत तीन वटा समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि अर्थ समितिको बैठक बोलाइएको छ।

अर्थ समितिको कार्यकक्ष सिंह दरवारमा बस्ने बैठकमा अर्थ मन्त्री विष्णु पौडेलसँग राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल हुनेछ।

त्यसअघि बिहान ११ः३० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने छ। बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अुनसार बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बोलाइएको छ। बैठकमा गत आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

Logo