मुस्लिम आयोगका अध्यक्ष मियाँलाई मानार्थ पीएचडी

मुस्लिम आयोगका अध्यक्ष मियाँलाई मानार्थ पीएचडी

काठमाडौं एक्सप्रेस

मुस्लिय आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई भारतलाई मानार्थ पीएचडीको उपाधि प्रदान गरिएको छ । भारतको इन्सटिच्यु अफ अन्टरप्रेनरसिप एन्ड म्यानेजमेन्ट स्टडिजले आयोगका अध्यक्ष अन्सारीलाई सामाजिक सक्रियता र राष्ट्र निर्माणमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै मानार्थ पीएचडीको उपाधि प्रदान गरेको हो ।

अमेरिकाको काउन्सिल अफ ट्रेनिङ एन्ड डेभलभमेन्टबाट मान्यता प्राप्त उक्त इन्सिटिच्युटले भारतमा व्यवस्थापन र व्यक्तित्व विकास सम्बन्धी विभिन्न विषयका अध्ययन तथा अध्यायपन गर्दै आएको छ । यो एउटा अटोनमस भर्च्युल मोड युनिभर्सिटीका रूपमा पनि चिनिन्छ ।

उक्त शैक्षिक संस्थाले आयोगका अध्यक्ष अन्सारीलाई सामुदाय विकासका लागि महत्वपूर्ण कार्य गरेको भन्दै कदर स्वरूप उक्त उपाधिक प्रदान गरिएको अन्सारीको सचिवालयले जनाएको छ ।

मुस्लिम समुदायको उन्नयनमा शैक्षिक तथा खेलकुदलगायत विद्यार्थीहरुका लागि उनले विभिन्न किसिमका कार्यहरू गर्दै आएका छन् । नेपालमा रहेका मुस्लिम समुदायलाई शिक्षा,राज्यको पहुँचमा ल्याउन,सरकारी स्तरमा मुस्लिम समुदायको प्रतिनिधित्वलगायत सामाजिक विषयका क्षेत्रमा आयोगमार्फत उनले काम गर्दै आएका छन् ।

अन्सारीले कोरोनाकालमा पनि नेपालका पीडित मुस्लिम समुदायका लागि महत्वपूर्ण कार्य गर्दै मस्जिद तथा मदरसा व्यवस्थापन गर्न अग्रपंक्तिमा खटिएका थिए ।

मियाँलाई उक्त उपाधि प्रदान गर्दखा भारतका सर्वोच्च अदालतका न्यायाधीश, भारतको महाराष्ट्र राज्यका डेपुटी कमिस्‍नर लगायत अमेरिकी प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

Logo