देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौं एक्सप्रेस

काठमाडौं ,। मुलुकका पाँच प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६:३५ बजे अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

महाशाखाका अनुसार कोसी, वाग्मती तथा गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले आज दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जानकारी दिएको छ । लुम्बिनी र गण्डकी प्रदेशको एकरदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मधेस तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू(भागका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाको पूर्वानुमन छ ।

Logo