नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सुधार : एमाले महासचिव पोखरेल

नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सुधार : एमाले महासचिव पोखरेल

काठमाडौं एक्सप्रेस

दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले काङ्ग्रेस एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन् ।

तुलसीपुर १६ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले दलहरु धेरै हुँदा सरकार अस्थिर भएको भन्दै स्थिर सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको बताए ।

पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताए । उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने उल्लेख गरे ।

Logo