भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने एमाले निर्णय

भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने एमाले निर्णय

काठमाडौं एक्सप्रेस

काठमाडौं– नेकपा एमालेले पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना, पूर्व उपाध्यक्ष तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार साँझ बसेको एमालेको ३९ औं केन्द्रीय सचिवालयको बैठकले पार्टीको हित विपरति अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङले दानवापत एमाले केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा दिएको विषयमा पाण्डेसहितका नेताले टिप्पणी गरेका थिए ।

Logo