काठमाडौँ, १८ कात्तिकः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा वन सचिव डा दीपककुमार खराललगायत उच्च अधिकारीले स्वागत गर्नुएको थियो ।
कोलम्बियाको काली सहरमा यही अक्टोबर २६ देखि ३१ तारिखसम्म भएको सम्मेलनमा मन्त्री शाहीले दुई विषयका उच्चस्तरीय बैठकलाई अक्टोबर २९ र ३० तारिखमा सम्बोधन गर्नुभएको थियो ।
उहाँले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गरी नेपालले जैविक विविधताका क्षेत्रमा हासिल गरेको उपलब्धि बारेमा जानकारी गराउनुभएको थियो । वन वातावरण मन्त्रिस्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
प्रतिक्रिया