सुनको भाउ तोलामा १६०० रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा १६०० रुपैयाँ बढ्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, – शुक्रबार सुनको भाउ तोलामा १६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँ रहेको चाँदी यस दिन १८४५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य केही बढेसँगै नेपालमा प्रभाव परेको महासंघले जनाएको छ ।

Logo