नारायणगढ, – महको बजारीकरणसँगै यसको फाइदाको जानकारी दिने उद्देश्यले आजदेखि चितवनको सौराहमा ‘प्रथम मह उत्सव २०८१’ सुरु भएको छ । आजदेखि सुरु १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ स्थलसँगै मह उत्सव पनि सुरु भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवन तथा जोन सञ्चालक समन्वय समिति, मौरी जोन चितवनले आयोजना गरेको मह उत्सव पुस १५ गतेसम्म रहने आयोजकले जनाएको छ । परियोजनाका मौरीजोन अधिकृत रविकिरण अधिकारीले महोत्सवमा आगन्तुकलाई मह चखाउँदै र नेपालमा उत्पादित महबारे जानकारी गराउँदै आएको बताए ।
परियोजनाले मौरी जोनअन्तर्गतका मौरीपालक किसान उद्यमीलाई प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, प्याकेजिङ, लेबलिङमा सहयोग गर्न गर्दै आएको छ । ‘स्वादमा मिठास स्वदेशी महमा विश्वास’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएकोे हो ।
उक्त अवसरमा मौरीपालनको क्षेत्रमा विशेष योगदान पु¥याउनेलाई सम्मान गर्ने, उत्कृष्ट प्रदर्शनी कक्षलाई पुरस्कार तथा मौरीपालन र प्रशोधनसम्बन्धी परिसंवाद कार्यक्रम सञ्चालन गरिने परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए ।
नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानलाई उत्साहा थप्नेमा विश्वास व्यक्त गरे ।
प्रतिक्रिया