काठमाडौं, – प्रतिनिधिसभामा तीनवटा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले तीनवटा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गराएका हुन् ।
दुर्घटना न्यूनीकरणका लागि मोटरसाइकलको पछाडि सिटमा बस्ने यात्रुले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने सम्बन्धी एउटा प्रस्ताव छ । यसको समर्थकमा सांसदहरू उदयशम्शेर जबरा, राजेन्द्रकुमार केसी र संजयकुमार गौतम छन् ।
यार्सागुम्बा संकलनमा बालश्रम निषेध सार्वजनिक महत्वको अर्को प्रस्ताव छ । यसको समर्थकमा सांसदहरू सुरेन्द्रराज आचार्य, चन्दा चौधरी र कान्तिका सेजुवाल छन् ।
बजगाईंले मानव–वन्यजन्तु द्वन्द्व निवारण सार्वजनिक महत्व प्रस्ताव पनि लगेका छन् । यसको समर्थकमा राजेन्द्रकुमार केसी र उदयशम्शेर जबरा छन् ।
प्रतिक्रिया