उर्लाबारीको वडाध्यक्ष कपको उपाधि सनसाइनलाई

उर्लाबारीको वडाध्यक्ष कपको उपाधि सनसाइनलाई

काठमाडौं एक्सप्रेस

मोरङ जिल्लाको उर्लाबारी-३ को प्रथम वडाध्यक्ष पुरुष भलिबलको उपाधि सनसाइन स्कुलले जितेको छ । शुक्रबार सम्पन्‍न फाइनलमा सनसाइनले शुभकामना स्कुललाई २-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे ।

उपाधि विजेता सनसाइन र उपविजेता शुभकामना स्कुललाई कार्यक्रमका प्रमुख अतिथि रहेका वडाअध्यक्ष भिष्म बुढाथाेकी, जिसस मोरङका सदस्य मित्रप्रसाद ढकाल, महिला सदस्य कृष्ण कुमारी विक, खेलकुद संयाेजक सुमन श्रेष्ठ, टाेल विकास अध्यक्षहरू पिपल राज गिरि , मनि याख्खा देवान राई लगायतले नगद, ट्रफी ,मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

वडा कार्यलयकाे सहयाेगमा सम्पन्न प्रतियाेगिताकाे समापन समाराेहमा बोल्दै बुढाथाेकीले आगामी वर्षदेखि प्रतियाेगितालाई अझ बृहत बनाउँदै सप्ताव्यापी रूपमा विभिन्न खेलहरू आयाेजना गरिने बताए ।

Logo